पोखरा ३३ को वडा कार्यालयमा तालाबन्दी
पाेखरा | पुस २५, २०८२
पोखरा: पोखरा महानगरपालिका वडा नम्बर–३३ का वडाध्यक्ष रामचन्द्र अधिकारीमाथि शान्तिपूर्ण आन्दोलनमा उत्रिएका स्थानीयमाथि खुकुरी देखाएर धम्क्याएको आरोप लागेको छ।
पोखरा–३३ स्थित पुँडीटार क्षेत्रमा फोहोर प्रशोधन केन्द्र (ल्याण्डफिल साइट) निर्माण गर्ने महानगरपालिकाको निर्णयविरुद्ध स्थानीयवासी लामो समयदेखि विरोध गर्दै आएका थिए।
बारम्बार ध्यानाकर्षण गराउँदा पनि सुनुवाइ नभएको भन्दै शुक्रबार उनीहरूले वडा कार्यालय अगाडि शान्तिपूर्ण प्रदर्शन गर्दै कार्यालय घेराउ गरेका थिए। सो क्रममा प्रदर्शनकारीले वडा कार्यालयको गेटमा ताला लगाएका थिए।
प्रदर्शनकै क्रममा वडाध्यक्ष अधिकारी खुकुरीसहित उपस्थित भई आन्दोलनकारीलाई तर्साउने प्रयास गरेको स्थानीय सञ्जय आचार्यले बताए । उनले भने‘ वडाध्यक्षले को हो ? यहाँ ताला लगाउने, देखाइदिउँ? ” भन्दै खुकुरी नचाए ।
घटनापछि अवस्था तनावग्रस्त बनेपछि प्रहरीले वडाध्यक्ष अधिकारीलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय पोखरा पठाएको छ। खुकुरी देखाइएको घटनापछि आक्रोशित बनेका प्रदर्शनकारीले वडाध्यक्षको गाडी तोडफोड गर्नुका साथै वडा कार्यालयको गेट र कार्यकक्षमा पुनः ताला लगाएर प्रदर्शन जारी राखेका छन्।
स्थानीय बासिन्दाहरूले भरतपोखरी क्षेत्रको पहिचान कुनै पनि हालतमा ल्याण्डफिल साइट हुन नसक्ने स्पष्ट पारेका छन्। “कुनै पनि परिस्थितिमा यहाँ फोहोर प्रशोधन केन्द्र स्वीकार्य हुँदैन,” स्थानीय दिनेश आचार्यले बताए।
विवादले झडप निम्तिने देखिएपछि प्रहरीले वडाध्यक्ष अधिकारीलाई आफ्नो गाडीमा राखेर जिल्ला प्रहरी कार्यालय कास्की ल्याएको कास्की प्रहरीले जनाएको छ ।
कास्की । पोखराको चिप्लेढुङ्गामा सञ्चालित सफल निरमाया दोहोरी साँझ एण्ड रेष्टुरेन्टले २२ औं वार्षिकोत्सवको अवसरमा विशेष सांगीतिक कार्यक्रम २०८३’ आयोजना गर्ने भएको छ । भोलिदेखि (अस...
भेनेजुएलामा भूकम्पमा परी मृत्यु हुनेको संख्या ९२० पुगेको छ। गत बुधबार राति ७.२ र ७.५ म्याग्नेच्युडको शक्तिशाली भूकम्प जाँदा मृत्यु हुनेको संख्या शनिबारसम्म ९२० पुगेको अन्तर्राष्ट्रिय समाचार संस्था एसो...
काठमाडौँ । नेपाल सरकारले साउदी अरबले कार्यान्वयन गर्न लागेको नेपाली श्रमिकको सीप प्रमाणीकरण (एसभीएफ) प्रक्रियालाई तत्काल स्थगन गर्न साउदी सरकारसँग आग्रह गरेको छ। उक्त प्रक्रियाका कारण नेप...

